१६ चैत्र २०८०, शुक्रबार

सडक सुरक्षाबारे सचेतना दिन एन्टर्क स्कुटरधनीले गरे सामुहिक यात्रा

प्रकाशित मिति :  25 July, 2022 4:55 pm


काठमाडौं । टिभिएस मोटर कम्पनीको आधिकारिक वितरक जगदम्बा मोटर्सले नारायणघाट देखि गोलाघाटसम्म एनओजी (एन्टर्क ओनर्स ग्रुप) राइड सम्पन्न गरेको छ ।

श्रावण ८ गते आइतबार आयोजना भएको यस राइड चितवनको नारायणघाटबाट शुरु भएर गोलाघाटसम्म पुगेर समापन भएको थियो। उक्त राइडमा सहभागीहरु बीच विभिन्न खेलहरु पनि खेलाइएको थियो। सहभागि सम्पूर्ण राइडरहरुलाई सहभागिताको प्रमाणपत्र प्रदान गरिनुको साथै एक अनुशासित राइडरलाई मेडल पनि प्रदान गरिएको थियो ।

करिब ६० जना राइडरहरु सहभागि भएको उक्त राइड सम्पूर्ण सुरक्षा सावधानीहरुका साथ नेपाल सरकारको अनुमति लिएर सञ्चालन गरिएको आयोजकले जनाएको छ । साथै उक्त राइडमा प्राबिधिक टिमले विभिन्न सडक सुरक्षाको बारेमा जानकारी प्रदान गर्नुको साथै राइडरले अपनाउनुपर्ने नियम र सुरक्षाको जानकारी पनि प्रदान गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !