५ जेष्ठ २०८१, शनिबार

एसईई रिजल्टमा चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन पाइने

प्रकाशित मिति :  29 July, 2022 8:13 am


काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा चित्त नबुझेमा विद्यार्थीले पुनर्योगका लागि निवेदन दिन पाउने भएका छन्। प्राप्ताङ्क चित्त नबुझे पुनर्योगका लागि निवेदन दिन परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले अनुरोध गरेको छ ।

एसईई २०७८ को साधारण तथा प्राविधिक धारतर्फ नियमित तथा ग्रेडबृद्धि समूहबाट परीक्षामा सम्मिलित भएका परीक्षार्थीले आफूले प्राप्त गरेको ग्रेडमा चित्त नबुझी पुनर्योग गराउन चाहेमा त्यसका लागि निवेदन खुल्ला गरिएको हो ।

साउन २७ भित्र विद्यार्थीले पुनर्योगसम्बन्धी निवेदन दिन सकिने कार्यालयले जानकारी दिएको छ। निवेदन दस्तुर वापत परीक्षार्थीले पाँच सय रुपैयाँ र कार्यालयले तोकेका कागजात पेश गर्नुपर्ने छ।



प्रतिक्रिया दिनुहोस !