८ बैशाख २०८१, शनिबार

मैदानमै गरे किरणले प्रेमिकालाई विवाहको प्रस्ताव

प्रकाशित मिति :  2 August, 2022 11:11 am


काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वकप्तान गोलकिपर किरण चेमजोङले खेल मैदानमै प्रेमिकालाई विवाहको प्रस्ताव गरेका छन् ।

सोमबार माल्दिभ्सको फुटबल मैदानमै उनले आफ्नी प्रेमिका कञ्चन निरौलालाई औंठी लगाइदिएर विवाहको प्रस्ताव गरेका हुन् ।

माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् ।
नेपाली राष्ट्रिय टोलीका गोलरक्षक किरण चेम्जोङले खेल मैदानमा प्रेमिकालाई प्रेम प्रस्ताव राखेका छन्। माल्दिभ्सको शीर्ष डिभिजन लिग धिवेही प्रिमियर लिगको उपाधि जितेपछि किरणले उपाधि उचालेको स्थानमा प्रेमिका कन्चन निरौलालाई प्रेम प्रस्ताव राखेका हुन् ।

सामाजिक संजालमा भिडियो सेयर गर्दै उनले आफूले यो पल जीवनको अन्तिम समयसम्म पनि नभुल्ने बताएका छन् । उनले लेखेका छन्, ‘मैले तिमीलाई रोजेँ, तिमीलाई नै रोज्नेछु र रोजिरहनेछु, कुनै विराम बिना, कुनै शङ्का बिना, मुटुको धड्कनमा । म तिमीलाई नै रोजिरहनेछु ।’

एयर होस्टेज पेशामा आवद्भ कन्चन र किरण लामो समयदेखि प्रेममा थिए ।



प्रतिक्रिया दिनुहोस !