२६ बैशाख २०८१, बुधबार

२४ घण्टामा थपिए ७६० जना संक्रमित, एक जनाको मुत्यु

प्रकाशित मिति :  4 August, 2022 5:00 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा थप ७६० जनामा कारोना संक्रमण पुष्टि भएको छ । देशभरका विभिन्न प्रयोगशालामा गरिएको ५ हजार ९२६ नमुना परीक्षणमा थप ७६० जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर विधिबाट ४९४ र एन्टीजेन विधिबाट २६६ जना गरी थप ७६० जनामा कारोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै आज ३२४ जना कारोना संक्रमणबाट मुक्त भएका छन् । देशभर ५ हजार ६०२ जना संक्रिय संक्रमित रहेका छन् । कोरोना संक्रमणबाट पछिल्लो २४ घण्टामा एक जनाको ज्यान गएको छ ।



प्रतिक्रिया दिनुहोस !