१५ बैशाख २०८१, शनिबार

२४ घण्टामा थपिए ९१२ जना संक्रमित

प्रकाशित मिति :  5 August, 2022 5:00 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभरमा थप ९२१ जनामा काेरोना संक्रमण पुष्टि भएको छ ।

स्वाथ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९४१ जनाको पीसीआर बिधिबाट भएको परीक्षणमा ५२९ र ३५५० जनाको एन्टीजेन बिधिबाट भएको परीक्षणमा ३८३ गरी थप ९१२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा ३७० जना संक्रमण मूक्त भएका छन् । देशभर ५ हजार ७६० जना सक्रिय संक्रमित रहेका छन् ।

पछिल्लो १ दिनमा संक्रमणबाट एक जनाको ज्यान गएको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !