१५ चैत्र २०८०, बिहिबार

पछिल्लो २४ घण्टामा देशभर ८६८ जना कोरोना संक्रमित थपिए भने ३ जनाको मृत्यु

प्रकाशित मिति :  10 August, 2022 5:59 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८६८ जना संक्रमित थपिएका छन् भने ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ७०५ जनाको पीसीआर र एन्टिजेन परीक्षणमा गर्दा ८६८ जनामा संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार ३ हजार ६१४जनाको पीसीआर परीक्षण गर्दा ४९६ जना र ३ हजार ९१ जनाको एन्टिजेन परीक्षण गर्दा ३७२ जनामा संक्रमण देखिएको मन्त्रालयको भनाइ छ ।

यस्तै बुधबार कोरोना संक्रिय संक्रमितको संख्या ८ हजार ८८५ पुगेको छ ।

जसमध्‍ये ५ हजार ६७१ जना होम आइसोलेसनमा रहेका छन् भने २१४ जना संस्थागत आइसोलेसन र ६४ जना आईसीयूमा छन् भने ७ जनाको भेन्टिलेरमा राखेर उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

बुधबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ३७ हजार ६३० पुगेको छ । पछिल्लो २४ घण्टामा ४१४ जना निको भइसकेका छन् ।



प्रतिक्रिया दिनुहोस !