१४ बैशाख २०८१, शुक्रबार

नेयमार र एम्बाप्पेको गोलमा पीएसजीको लगातार दोस्रो जित

प्रकाशित मिति :  14 August, 2022 8:33 am


काठमाडौं । स्टार खेलाडी नेयमार र केलियन एम्बाप्पेको गोलमा पेरिस सेन्ड जर्मेन ९पीएसजी०ले फ्रेन्च लिग वानमा लगातार दोस्रो जित निकालेको छ ।

शनिबार राति घरेलु मैदानमा पीएसजीले मोन्टपिलोयरलाई ५-२ अन्तरले पराजित गर्दै सानदार जित हासिल गरेको हो। पिएसजीको जितमा नेयमारले दुई तथा एम्बाप्पेले सहित रिनाटो सान्चेजले एक एक गोल गर्दा फालाए साक्नोले आत्मघाती गोल गरे ।

मोन्टपिलोयरका लागि वाहबी खाज्री र यन्जोले सान्त्वना गोल गरेपनि जितका लागि प्रयाप्त भएन ।

जितसँगै दुई खेलबाट ६ अंक बनाएको पिएसजी शीर्ष स्थानमा छ । यस्तै पराजित मोन्ट ४ अंक सहित आठौं स्थानमा छ ।



प्रतिक्रिया दिनुहोस !