१४ बैशाख २०८१, शुक्रबार

पछिल्लो २४ घण्टामा देशभर ८८८ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु

प्रकाशित मिति :  15 August, 2022 5:12 pm


काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८८८ जना कोरोना संक्रमित थपिएका छन् भने एक जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पाँच हजार ७३७ परीक्षणमा ८८८ जनामा एन्टिजेन र पीसीआर परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा तीन हजार १५५ पीसीआर परीक्षणमा ४२७ जना र दुई हजार ५८२ एन्टिजेन परीक्षणमा ४६१ जना गरी ८८८ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४७४ जना कोरोना संक्रमणमुक्त भएका छन् । त्यस्तै संक्रमणबाट एक जनाको मृत्यु भएको छ । हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या पाँच हजार ३८७ जना रहेको मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !