१४ बैशाख २०८१, शुक्रबार

‘जलवायु परिर्वतनले कृषिजन्य उत्पादन घट्यो, रैथाने बाली मासिदैँ गए’

प्रकाशित मिति :  16 August, 2022 6:45 pm


काठमाडौं । पर्यावरणीय कृषि: भूईस्तरमा जलवायु संकटका समाधान भन्रे मुल नाराका साथ दिगो विकास संस्थाले मंगलबार कृषिमा जलवायु परिर्वतनका कारण घटेको उत्पादन र यसले भविष्यमा निम्ताउने समस्याको बारेमा चित्रण गर्दै कार्यक्रम सम्पन्र गरेको छ ।

रासायनिक विषादी र मल प्रयोग गरी प्रकतिक स्रोतको मनलाग्दी दोहन गर्ने परिपाटीले वातावरण र मानव स्वास्थ्यमा असर पार्ने भएकाले यसलाई रोक्न जरुरी रहेको अखिल किसान महासंघका महासचिव प्रमेश पोखरेले बताए ।

पर्यावरणीय कृषिले कृषि क्षेत्रमा अमूल परिर्वतन ल्याउने भएकाले पर्यावरणीय कृषि नै समाजवादी कृषिको आधार रहेको पोखरेलको भनाइ छ । पोखरेले भने, “किसान र कृषि श्रमीकको शोषण, माटो र प्रकृतिक दोहनले नै किसानको उत्पादन घटेको छ । पर्यावरणीय कृषिलाई अपनाउदाँ भोकमरी, हट्ने र अर्थतन्त्र बलियो हुनेछ । ’’

खाद्य सुरक्षा विशेषज्ञका डा. यमुना घलेका अनुसार गरिबी निवारण, उत्पादकत्वमा वृद्धि र स्वास्थ्यको लागि साना किसानको हित अनुकुलको कृषिका सवालहरु केन्द्रिकरण हुने पर्नेछ । परम्परागत चलिरहेको कृषिलाई थप परिमार्जन गरेर, उक्त कृषिलाई अन्तराष्ट्रिय स्तरसम्म उद्दारणीय बनाएर अघि बढ्न जरुरी रहेको घलेको भनाइ छ ।

उनले भनिन्, “जौविक प्राङगरिक खेति मार्फत नगदे बाली, जडीबुटि, फलफुल तथा तरकारीमा नेपालमा ठूलो सम्भावना रहेको छ । त्यसैले आधुनिक तरिकाले स्वस्थ्य र वातावरणलाई फाइदा हुने तरिकाले उत्पादनमा वृद्धि ल्याउनु पर्छ । ’’

त्यस्तै हसेराका संस्थापक गोविन्द शर्माले रैथाने बालीको उत्पादन गर्नको लागि किसान देखि नेपाल सरकारले यसको प्रावधनको लागि पहल गर्नुपर्ने बताए । उनका अनुसार रासायनिक मलको अधिकतम प्रयोगले गर्दा माटोको उर्वरा शक्ति घट्दै गएको र उत्पादनमा गिरवाट हुनाले प्राङगरिक मलको प्रयोग गर्नु पर्छ ।



प्रतिक्रिया दिनुहोस !