७ बैशाख २०८१, शुक्रबार

वालिङ नगरपालिकामा फाइवर ल्याण्डलाइन टेलिफोन सेवा शुरु

प्रकाशित मिति :  22 August, 2022 1:12 pm


स्याङ्जा । वालिङ नगरपालिकामा तामाको तार हटाएर फाइवर ल्याण्डलाइन टेलिफोन सेवा शुरु भएको छ । नेपाल टेलिकमले वालिङका ग्राहकलाई फाईवर ल्याण्डलाइन टेलिफोन सेवा दिने भएको हो ।

एफटिटीएच नामक फाइवर सेवा जिल्लाका तीन शहरमा शुरु भइसकेको टेलिकमले जनाएको छ । झण्डै १ हजार तामाको तार सहितको लेण्डलाईन वितरण गरेको वालिङ टेलिकमले अब सबै तामाका तार हटाएर फाईवर जडित ल्याण्डलाइन वितरण गर्न लागेका वालिङका टेलिकम प्रमुख नारायण कपालीले जानकारी दिए ।

नेपाल टेलिकमको प्रादेशिक निर्देशनालय पोखराका निर्देशक इन्दल यादवले नगर प्रमुख कृष्ण खाँणलाई एफटिटिएचको सिपीई हस्तान्तरण गरेका थिए । यादवले नेपाल टेलिकमको आगामी रणनीति, सेवा सुविधाका बारेमा नगर प्रमुख खाँणलाई अवगत गराएका थिए ।

अहिलेसम्म १ सय ५० लाईन फाईवर जडान भइसकेको र बाँकी अन्य टेलिफोनको लागि काम भइरहेको टेलिकम वालिङ शाखाले जानकारी दिएको छ । वालिङको वीपी चोक, भिआईपी टोल, वालिङ मोड र नयाँ बजारमा यो सेवा शुरु भइसकेको छ । यो सेवा शुरु भएपछि सेवाग्राहीले एउटै तारबाट टेलिफोन, वाईफाई र टिभी हेर्न सक्ने छन् । नयाँ सेवा लिनेलाई झण्डै ५ हजार शुल्क लाग्ने टेलिकमले जनाएको छ ।

जिल्लाको मुख्य व्यपारीक केन्द्रबाट शुभारम्भ भएको फाईवर टेलिफोन सेवा जिल्लाको गल्याङ्, मिर्मि, पुतलीबजार, चापाकोट, भीरकोट लगायतका मुख्य बजार क्षेत्रमा पनि यो सेवा संचालन हुने टेलिकम वालिङले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !