१२ श्रावण २०८१, शनिबार

कोरोना भाइरसबारे प्रचार गर्न हिडेका वडा अध्यक्षमाथी आक्रममण, हातखुट्टा भाँचियो

प्रकाशित मिति :  29 March, 2020 11:58 am


जाजरकोट, १६ चैत । जाजरकोटमा कोरोना भाइरसबारे प्रचार गर्न हिडेका एक वडा अध्यक्षको आज्ञात समूहले आक्रमण गरेर हातखुट्टा भाँचिदिएको छ ।

छेडागाड नगरपालिका—११ का वडाअध्यक्ष चक्रबहादुर सिंहलाई गएराति अपरिचत समूहले आक्रमण गरि हात खुट्टा भाँचिदिएको हो । एउटा खुट्टा पनि फ्याक्चर भएको नगरप्रमुख लालबहादुर महतराले जानकारी दिए ।

शुक्रबार वडा कार्यालयमा कोरोनाबाट जोगिने र जोगाउने विषयमा छलफल गरेर गएका वडा अध्यक्ष सिंहमाथी आक्रमण भएको उनको भनाई छ । कुटपिट गरी मरानसन्‍न बनाएर फालेको महताराले जानकारी दिए । घटनास्थलमा प्रहरी पुगेर सिंहको उद्धार गरेको छ ।

नगर प्रमुख महताराले भने,‘ वडाअध्यक्षहरुमा सबैभन्दा पारदर्शी, इमान्दार र मिलनसार मान्छे हो अकसमात किन यस्तो भयो अचम्म लागेको छ ।’ आक्रमणपछि वडाअध्यक्ष सिंह विहान मात्रै होसमा आएका थिए । अहिलेपनि उनको अवस्था गम्भिर भएको नगरप्रमुख महताराले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !