१२ श्रावण २०८१, शनिबार

प्यूठानमा अति विपन्न परिवारलाई खाद्य सामाग्री वितरण

प्रकाशित मिति :  29 March, 2020 3:26 pm


प्यूठान, १६ चैत । प्यूठानको माण्डवी गाँउपालिका जस्पुरमा ज्याला मजदुरी गरेर खाने परिवारलाई राहत वितरण गरिएको छ ।

विश्व व्यापी रुपमा फैलिएको कोरोना भाइरलका कारण लकडाउन भएपछि माण्डवी गाँउपालिका-३ ले अति विपन्न २५ घरपरिवारलाई राहत वितरण गरेको हो ।

कार्यपालिका बैठकको निर्णय अनुसार अति बिपन्न घर परिवारको लागि खाद्य सामाग्री बितरण गरेको वडा कार्यालयले जनाएको छ । लकडाउनका कारण मजदुरहरु समस्यामा पर्न थालेपछि स्थानीय सरकारले राहतका कार्यक्रम सुरु गरेका हुन् ।

 

 

 



प्रतिक्रिया दिनुहोस !