७ बैशाख २०८१, शुक्रबार

‘सेभ सोइल’ अभियानमा वन मन्त्रालयकाे ऐक्यबद्धता, ३० हजार रूख राेप्ने मन्त्री यादवकाे प्रतिबद्धता

प्रकाशित मिति :  3 September, 2022 12:23 pm


काठमाडाैं । ‘सेभ सोइल’ अर्थात् माटो जोगाऔँ अभियानसँग नेपाल सरकारको वन तथा वातावरण मन्त्रालयले ऐक्यबद्धता जनाएको छ । अभियानका लागि नेपाल आएका सदगुरुलाई वन मन्त्री प्रदीप यादवले भेटेर एक्यबद्धता जनाउदै अभियानकाे सम्मान स्वरूप ३० हजार विरूवा राेप्ने प्रतिबद्धता व्यक्त गरेका छन्।

माटो जोगाऔँ अभियानका लागि सदगुरुले गर्नु भएको तीस हजार किलोमीटर यात्रालाई सम्मान गर्न र सघाउन यस्ताे प्रतिबद्धता व्यक्त गरिएकाे हाे। “तपाईको अभियानमा मन्त्रालय सधै हातेमालो गरेर अगाडि बढ्न तयार छ, तपाईले गरेको राम्रो काममा हाम्रो ऐक्यबद्धता छ,” मन्त्री यादवले भने, “वृक्षरोपणको कार्यको पनि भदौं महिना भित्रै सुरवात गरेर हामी आफ्नो वचनलाई पूरा गर्छौं ।”

अभियानका प्रमुख जग्गी वासुदेवलाई नेपालमा स्वागत गर्न पाउँदा आफु निकै खुशी भएको मन्त्री यादवले बताए । माटो जोगाएर पृथ्वीको खेतीयोग्य माटोमा जैविक शक्ति बढाउनका लागि सदगुरु जग्गीले चलाउनु भएको महाअभियानको जती प्रशंसा गरे पनि कम हुने मन्त्री यादवको भनाई थियो ।

सदगुरुलाई यादवले ऐक्यबद्धता पत्र हस्तान्तरणसँगै संसारको र्दुलभ एक सिंगे गैडाको मुर्ति उपहारका स्वरूपमा प्रदान गरे । “माटो विनाश हुनबाट जोगाउन तत्काल नीतिगत पहलका लागि जनचेतना जगाउन र राजनीतिक सहमति निर्माण गर्न संसारका विभिन्न राष्ट्र घूमेर जून कार्य गर्नु भएको छ त्यो अतिनै प्रशंसनीय छ” यादवले भने, “सदगुरुले गर्नु भएको काम, खासगरी हामी राजनीगिज्ञहरुको काम हो, हामीले गर्नु पर्ने काम उहाँले गरिरहनु भएको छ, यो भन्दा अरु खुशीको कुरा के होला ?”



प्रतिक्रिया दिनुहोस !