१९ मंसिर २०८२, शुक्रबार

धादिङ धुनिवेशीकी रसिला तामाङले स्विट्जरल्यान्डमा जितिन् अल्ट्रा म्याराथन

प्रकाशित मिति :  4 September, 2022 1:39 pm


काठमाडौं । धादिङकी रसिला तामाङले स्विट्जरल्यान्डमा सम्पन्न ‘अल्ट्रा टुर मोन्टे रोसा’ ( यूटीएमआर ) को म्याराथन दौडमा स्वर्ण पदक जित्न सफल भएकि छिन् ।

धुनिवेशी नगरपालिका वडा नम्बर दुई कि तामाङले स्विट्जरल्याण्डमा भएको म्याराथन दौडमा स्वर्ण पदक जितेकी हुन् ।
उनले महिला तर्फको यूटिएमआरमा १०० किलोमिटरको अल्ट्रा दौडमा विजेता भई उपाधि हासिल गरिन् । उनको यो दौड युरोपमा पहिलो थियो ।

३१ अगष्ट देखी ३ सेप्टेम्बर सम्म स्विट्जरल्यान्डको ग्राचेनमा सम्पन्न भएको मिसाबेल १०० किलोमिटर दुरी रसिलाले १८ घण्टा ५८ मिनेट २८ सेकेण्डमा पुरा गरेकि हुन् ।

म्याराथनमा दोस्रो स्थानमा चेक रिपब्लिककी मिसेला मेर्टोभा पर्न सफल भइन् । उनले २० घण्टा २४ मिनेट १० सेकेन्डमा १०० किलोमिटर दुरी पुरा गरिन् । नेपालकै अनिता राई ८ सेकेण्डले तेस्रो भइन् ।

यस्तै, पुरुषतर्फ नेपालका भीम गुरुङ दोस्रो स्थानमा पर्न सफल भएका छन् । उनले निर्धारित दुरी १६ घण्टा २९ मिनेट ३९ सेकेण्डमा पूरा गरेका थिए । स्विट्जरल्यान्डका दानियल बेच्र्टोल्डले १५ घण्टा ३९ मिनेट १२ सेकेण्डमा पुरा गरि प्रथम भएका हुन् ।



प्रतिक्रिया दिनुहोस !