१६ बैशाख २०८१, आइतबार

२ सय २१ जनामा भेटियो कोरोना भाइरसको संक्रमण

प्रकाशित मिति :  5 September, 2022 4:52 pm


काठमाडौं । नेपालभर थप २२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशभरका विभिन्न प्रयोगशालामा गरिएको ४ हजार ५८ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १२२ तथा एन्टिजेन विधिबाट ९९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा २०६ जना संक्रमण मुक्त भएका छन् । योसँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ हजार ४४४ पुगेको छ ।



प्रतिक्रिया दिनुहोस !