जिडब्लुएम नेपालको ‘ग्रेट डिल, ग्रेट च्वाइसेस’ अफर, गाडी खरीदमा आकर्षक छुट
काठमाडौं । ग्रेट वाल मोटर (जिडब्लुएम) गाडीकोे नेपालका लागि आधिकारीक विक्रेता भिजी ईम्पेक्स प्रालिले दशैँ, तिहार र छठको अवसर पारी गाडी खरीदमा आकर्षक छुटका साथ विभिन्न योजनाहरु उपलब्ध गराउने भएको छ ।
यो योजना ग्रेट वाल मोटरका सबै प्रकारका गाडी– हाभल एच् सिक्स, हाभल जोलायन, पावर र विङ्गल ५ मा उपलब्ध रहेको जनाइएको छ । कम्पनीको यो अभियान ‘ग्रेट डिल्स, ग्रेट च्वाइसेस’ ग्राहकहरुप्रति प्रतिवद्वताको निरन्तरताका साथ चाडपर्वलाई अझ हर्षोल्लास बनाउने विश्वास लिइएको छ ।
ग्रेट वालका कुनै पनि गाडी किन्दा तुरुन्तै आकर्षक नगद छुट पाउन सकिन्छ । यस योजना अन्तर्गत एक वर्षको कम्प्रिहेन्सिभ बीमाका साथमा एक वर्षसम्म फ्री मेन्टिनेन्स प्याकेजमा एक वर्षको नियमित मर्मतसम्भार खर्च र उपभोग्य वस्तुहरु समावेश छन् ।
साथै, लोएल्टी बोनसको रुपमा ग्राहक स्वयंम वा आफ्नो परिवारसँग कसैको पहिले नै ग्रेट वालका कुनै पनि गाडी भएमा अतिरिक्त छुट पाउनेछन् । ग्राहकहरुले निशुल्क एक्सेसोरिज सहित ५ वर्षको वारेन्टी सुविधा पाउनुका साथै स्पट भ्यालुएसन तथा एक्सचेन्जको अवसर पाउनेछन् भने प्याकेजमा ३ वर्षको निःशुल्क सर्भिस उपलब्ध हुनेछ ।








