१५ चैत्र २०८०, बिहिबार

संघीय शिक्षा विधेयक संसदमा अघि बढाउने सरकारको तयारी

प्रकाशित मिति :  7 September, 2022 10:09 am


काठमाडौं । सरकारले संघीय शिक्षा विधेयक संसदमा दर्ता गरी अघि बढाउन तयारी थालेको छ।

मन्त्रिपरिषदबाट विधेयक समितिमा छलफलका लागि पठाइएको छ। समितिबाट विधेयक आएपछि संसदमा दर्ता गरिने शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बताए।

शिक्षा ऐन, २०२८ लाई विस्थापन गरी नयाँ संविधान अनुकूल सङ्घीय शिक्षा ऐन ल्याउन संसद्को सम्बन्धित समिति र शिक्षा क्षेत्रका सरोकार भएकाले पटक–पटक ध्यानाकर्षण गराउँदै आएका छन्।

मन्त्रालयले राष्ट्रिय शिक्षा दिवसको मिति तर्जुमा विषयमा मन्त्रिपरिषदमा प्रस्ताव लगेको जनाइएको छ। रासस



प्रतिक्रिया दिनुहोस !