सन्दीप लामिछाने – कानुन अनुसार सबै कुरा सामना गर्न तयार छु
प्रकाशित मिति : 9 September, 2022 8:24 am
काठमाडौं । बलात्कारको आरोप लागेका राष्ट्रिय टिमका कप्तान सन्दीप लामिछानेले आफु माथि लागेका आरोपहरु सामना गर्न तयार रहेको बताएका छन् ।
उनले आफूलाई आधारहीन आरोप लगाइएको दाबी गरेका छन् । उनले निष्पक्ष छानबिन हुने विश्वास व्यक्त गर्दै नेपालको कानुन अनुसार सबै कुराको सामना गर्ने बताएका छन् ।

उनी केही दिनमै क्यारेबियन प्रिमियर लिग (सीपीएल) छाडेर नेपाल फर्किन लागेको पनि बताएका छन् । लामिछानेले सामाजिक संजार फेसबुर र ट्वीट गर्दै सो कुरा बताएका हुन् ।
लामिछानेमाथि १७ वर्षीया नाबालिग बलात्कारको आरोप छ । उनीविरुद्ध मंगलबार टेकु प्रहरीमा उजुरी परेको थियो भने बिहीबार पक्राउ पुर्जी पनि जारी गरिएको छ। यस्तै नेपाल क्रिकेट संघले पनि बिहीबार नै उनलाई राष्ट्रिय टिमबाट निलम्बन गरेको छ ।








