१५ बैशाख २०८१, शनिबार

अनशनरत डा. केसीलाई विशिष्टकृत अस्पतालमा स्थानान्त्रण गर्नु : सेती अस्पताल

प्रकाशित मिति :  19 September, 2022 3:16 pm


Dr Govinda KC hunger strike 11th time demanding Integrated Mediccal Education act at Teaching Hospital in Kathmandu on Monday. Photo/ Shaligram Tiwari/ Post

धनगढी । ८ दिनदेखि अनशनमा रहेका डा. गोविन्द केसीलाई उपचारका लगि विशिष्टकृत अस्पतालमा स्थानान्त्रण गर्न सेती प्रादेशिक अस्पतालले आग्रह गरेको छ ।

स्वास्थ्य सेवा सुधारका विभिन्न माग राखेर अनसन बसेका केसीको मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्राबको शंका भएको भन्दै विशिष्टिकृत अस्पतालमा स्थानान्तरणका लागि पहल गर्न आग्रह गरेका हो।

धनगढी स्थित कृष्णमन्दिरको धर्मशालामा अनशन सुरु गरेका केसीको स्वास्थ्यमा समस्या देखिएपछि अनशन बसेको तीन दिनपछि २९ भदौमा सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको थियो ।

अस्पतालले विशिष्टिकृत अस्वतालमा स्थानान्तरणको पहल गरिदिन सुदूरपश्चिम मानव अधिकार आयोग, सामाजिक विकास मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र संघीय स्वास्थ्य मन्त्रालयमा जानकारी गराइसकेको छ ।

“पोषण तत्व र पानी आवश्यकता अनुसार लिन आग्रह गरिएको तर लिखित रूपमै उहाँले मुखबाट पानी र नशाबाट रिडगर ल्याक्टेट बाहेक कुनै पनि पद्धार्थ नलिने भनि निषेध गर्नु भएको,” अस्पतालले जारी गरेको स्वास्थ्य बुलेटिनमा भनिएको छ, “मांशपेशी सुक्दै गएको र अल्सर भई रक्तश्रावको शंका भएको हुनाले ज्यानलाई थप अन्य जोखिम हुन सक्ने जटिलताहरू आउन सक्ने हुनाले थप उपचारको लागि बहुविशेषज्ञ भएको विशिष्टकृत अस्पतालमा स्थानान्तरणको लागि सल्लाह ।”

शुद्ध पानी, नर्मल स्लाईन र रिङगर ल्याक्टेट मात्र प्रदान गरिएको र चिकित्सकिय टोलीबाट नियमित स्वास्थ्य परीक्षण गराई रहेकाे र मोनिटरबाट शरिरको अक्सिजन, मुटुको धडकन र रक्तचाप अनुमान गरी रहेको अस्पतालले जनाएकाे छ ।



प्रतिक्रिया दिनुहोस !