१५ चैत्र २०८०, बिहिबार

भीरकोट जेसिजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्र

प्रकाशित मिति :  20 September, 2022 11:46 am


स्याङ्जा । संविधान दिवसको अवसरमा भीरकोट जेसिजको आयोजनामा एक दिने बृहत् नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ। जेसिजको आयोजनामा भीरकोट नगरपालिका र चरक मेमोरियल हस्पिटल पोखराको संयुक्त सहयोगमा स्वास्थ्य शिविर सम्पन्न भएको हो।

सोमबार बिहान ११ बजे देखि साँझ ५ बजे सम्म संचालन भएको शिविरमा एक हजार भन्दा बढी बिरामीहरूले सेवा लिएको संस्थाका संयाेजक रूद्र ढुङ्गानाले बताए ।

शिविरमा मुटु, पेट, ग्यास्ट्रिक तथा छाती सम्बन्धी जाँच तथा परामर्श, हाडजोर्नी तथा नशा सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श , महिला तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, भिडियो एक्स(रे, इ.सि.जि, सुगर तथा अन्य जाँचहरु, रुघा, खोकी, ज्वरो, घाँटी सम्बन्धी जाँच तथा परामर्श, दन्त रोग सम्बन्धी सम्पूर्ण जाँच तथा परामर्श, बालरोग सम्बन्धी विशेषज्ञ जाँच तथा परामर्श लगायतका सेवाहरू उपलब्ध गराइएको थियो। शिविरमा एक दर्जन भन्दा बढी डाक्टरहरूले विशेषज्ञ सेवा प्रदान गरेका थिए।

शिविर कार्यक्रममा बोल्दै प्रमुख गोबिन्द कुमार कर्माचार्यले नागरिकहरूको स्वास्थ्यमा पहुँच विस्तार गर्न पालिकाले स्वास्थ्य शिविर संचालनमा जेसिजलाई सहयोग गरेको बताए।

“भीरकोटको पहिचान, युवाको अभियान” को नारा अनुसार सन् २०१८ मा स्थापना भएको जेसिजले भीरकोटमा विभिन्न सामाजिक कामहरू गर्दै आएको छ । स्वास्थ्य शिविर जिल्लामा संचालित अहिले सम्मकै सबैभन्दा ठूलो र व्यवस्थित रहेको जेसिजका अध्यक्ष कृष्ण प्रसाद पौडेलको दाबी रहेको छ।



प्रतिक्रिया दिनुहोस !