७ बैशाख २०८१, शुक्रबार

दुई ओपनर ब्याट्सम्यानले खेल जिताएपछि

प्रकाशित मिति :  23 September, 2022 11:33 am


काठमाडौं । कप्तान बाबर आजम र मोहम्मद रिजवानले २ सय ३ रनको साझेदारी गरेपछि घरेलु टोली पाकिस्तानले इंग्ल्यान्डविरुद्धको दोस्रो टी-ट्वान्टी खेलमा जित हात पारेको छ ।

कराँचीमा बिहीबार राति भएको खेलमा पाहुना टोलीलाई पाकिस्तानले १० विकेटले पराजित गरेको हो । जितसँगै इंग्ल्यान्डविरुद्ध घरेलु टोलीले ७ खेलको सिरिजमा १/१ को बराबरी गरेको छ ।

जितका लागी इंग्ल्यान्डले दिएको २ सय रनको लक्ष्य घरेलु टोलीले १९ ओभर ३ बलमा बिना विकेटको क्षतिमा पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर अजामले अविजित ६६ बलमा ५ छक्का र ११ चौका प्रहार गर्दै १ सय १० रनको शतकीय इनिङ खेले । त्यस्तै अर्का ओपनर रिजवानले ५१ बलमा अविजित ८८ रन जोडे ।

त्यसअघि पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले २० ओभरमा ५ विकेट गुमाएर १ सय ९९ रन बनाएको थियो । इंग्ल्यान्डका लागि कप्तान मोईन अलिले अविजित ५५ रनको अर्धशतकिय ईनिङ खेले ।

बेन डुकेटले २२ बलमा ४३ रन तथा ह्यारी ब्रुक्सले ३१ रन बनाए । फिलिप साल्टले ३० तथा एलेक्स हेल्सले २६ रन बनाए ।

पाकिस्तान लागि हरिस राउफ र शाहनवाज दहानीले समान २/२ तथा मोहम्मद नवाजले १ विकेट लिए । दुई टोलीबीचको तेस्रो टी-ट्वान्टी शुक्रबार हुनेछ ।



प्रतिक्रिया दिनुहोस !