८ बैशाख २०८१, शनिबार

आजदेखि काठमाडौंका १० स्थानमा खसीबोकाको स्वास्थ्य परीक्षण हुने

प्रकाशित मिति :  27 September, 2022 8:24 am


काठमाडौं । आजदेखि सरकारले काठमाडौंमा खसीबोकाको स्वास्थ्य परीक्ष सुरु गर्ने भएको छ । दसैं नजिकिएसँगै पशु सेवा विभागले उपत्यकाका १० ठाउँमा खसीबोकाको स्वास्थ्य परीक्षण गर्न लागेको हो । आजदेखि दशैंको अघिल्लो दिनसम्म परीक्षग गरिने विभागले जनाएको छ । त्यसका लागि ५० जना पशु चिकित्सकको टोली खटिँदैछ ।

पशुसेवा विभागका वरिष्ठ पशु विकास अधिकृत डा चन्द्र ढकालका अनुसार खसीबोकाको स्वास्थ्य परीक्षण गरेर स्वस्थकर खसीबोकाको सिङमा हरियो र अस्वस्थकरको सिङमा रातो रङको स्टिकर लगाइनेछ ।

कलंकी, टुकुचा, चन्द्रागिरि, चाल्नाखेल, बालाजु, टोखा, बल्खु, लोकन्थली, सल्लाघारी लगायत क्षेत्रमा स्वास्थ्य परीक्षण हुन लागेको हो । यो वर्षको दसैंमा उपत्यकामा ६० हजार खसीबोका खपत हुने विभागको अनुमान रहेको छ ।



प्रतिक्रिया दिनुहोस !