१५ चैत्र २०८०, बिहिबार

चापाकोट नगरपालिकामा पाचौँ मेयर कप हुने

प्रकाशित मिति :  28 September, 2022 3:06 pm


स्याङ्जा । स्याङ्जाको चापाकोट नगरपालिकामा पाचौँ मेयर कप तथा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको छ ।

नगर खेलकुद विकास समिति र चापाकोट नगरपालिका स्याङ्जाको आयोजनामा कार्तिक ३ देखि ६ गतेसम्म चापाकोट नगरपालिका वडा नम्बर ८ दामाचौर खेल मैदानमा पाचौँ मेयर कप तथा विभिन्न खेलकुद प्रतियोगिता हुने भएको हो ।

प्रतियोगितामा महिला तथा पुरुष भलिबल, डोरी तान्ने, सटपुट, व्याडमिन्टन, ५० वर्ष माथिका पुरुष कुर्ची दौड र हाडिफोर प्रतियोगिता समावेश गरिएको समितिका अध्यक्ष मिलन रानाले जानकारी दिए ।

भलिवल प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेलाई क्रमशः ५५ हजार, ३५ हजार, २० हजार र १० हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाणपत्र दिइने आयोजकले जनाएको छ ।

महिला तथा पुरुष डोरी तान्ने प्रतियोगितामा प्रथम र दोस्रो हुनेले क्रमशः १६ हजार र ९ हजार रुपैया नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । महिला तथा पुरुष सटपुट प्रतियोगितामा प्रथम, दोस्रो र तेस्रो हुनेलाई क्रमशः ९ हजार, ६ हजार र ३ हजार रुपैयाँ नगदसहित शिल्ड, मेडल र प्रमाण पत्र दिइने आयोजकले जनाएको छ ।

व्याडमिन्टन प्रतियोगितामा प्रथम, दोस्रो, तेस्रो र सान्तवना हुनेले क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५ हजार रुपैयाँ नगदसहित शिल्ड मेडल र प्रमाण पत्र प्राप्त गर्ने भएका छन् । ५० वर्ष माथिका पुरुष कुर्ची दौड र महिला हाडिफोर प्रतियोगितामा प्रथम हुनेले ५ हजार १ सय रुपैयाँ प्राप्त गर्ने आयोजकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !