४ बैशाख २०८१, मंगलबार

पाकिस्तानसँग इंग्ल्यान्ड पराजित

प्रकाशित मिति :  29 September, 2022 8:03 am


काठमाडौं । पाहुना टोली इंग्ल्यान्डलाई पाकिस्तानले पाँचौं टी-ट्वान्टी क्रिकेटमा पराजित गरेको छ । बुधबार राति भएको खेलमा पाकिस्तानले इङ्ग्ल्यान्डलाई ६ रनले हराएको हो ।

जितका लागि पाकिस्तानले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको इङ्ग्ल्यान्डले २० ओभरमा ७ विकेट गुमाएर १ सय ३९ रन मात्र बनाउन सक्यो ।

इंग्ल्यान्डका लागि कप्तान मोइन अलीले अविजित रहदै ५१ रनको अर्धशतकीय इनिङ खेले । डाविड मालनले ३६ तथा साम करणले १७ रन जोडे ।

पाकिस्तानका हरिस राउफले २ विकेट लिए ।

पहिले ब्याटिङ गरेको पाकिस्तानले १९ ओभरमा अलआउट हुँदै १ सय ४५ रन बनाएको थियो । पाकिस्तानका लागि मोहमद रिजवानले ६३ रनको अर्धशतकीय इनिङ तथा इफ्तिखर अहमदले १५ रन जोडे ।

इंग्ल्यान्डका मार्क उडले ३ तथा डेविड विलि र साम करणले २/२ विकेट लिए ।

जितसँगै पाकिस्तानले ७ खेलको सिरिजमा ३-२ को अग्रता बनाएको छ । सिरिज अन्तर्गत अव दुई खेल खेल्न बाँकी छ ।



प्रतिक्रिया दिनुहोस !