१२ श्रावण २०८१, शनिबार

दाङमा स्टाप नर्सलाई घरबाट निकालेको आरोपमा वडा सचिव पक्राउ

प्रकाशित मिति :  31 March, 2020 7:03 pm


दाङ, १८ चैत ।

दाङमा स्टाफ नर्सलाई घरबाट निकालेको आरोपमा दाङ घोराही उपमहानगरपालिका वडा नं-२ का वडासचिव नारायण आचार्य पक्राउ परेका छन् ।

घोराही उपमहानगरपालिका वडा नं. १८ नवलपुरमा रहेको आचार्यको घरमा घोराही स्थित बुद्ध इन्टरनेशनल हस्पिटलमा कार्यरत सृजना खड्का बस्दै आएकी थिईन । तर कोरोनाको त्रास बढेसँगै सचिव आचार्यले खड्कालाई घरबाट निकाला गरेको आरोपमा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी उपरीक्षक जनक भट्टराईले जानकारी दिए । ।

नर्सलाई घरबाट निकालेको भन्ने गुनासो आएकाले सचिवलाई आज दिउँसो नियन्त्रणमा लिएको भट्टराईले बताए ।
तुलसीपुर उपमहानगरपाकिाल वडा नं-१६ निवासी खड्कालाई सचिव आचार्यले घरबाट निकाला गरेपछि चैत १५ गतेदेखि होटेलमा बस्दै आएकी थिईन् ।

नर्स नियमित हस्पिटल जाने भएकाले घरमा कोरोना संक्रमण जोखिम रहेको भन्दै घरधनी सचिव आचार्यले घरबाट निकाला गरेको आरोप लागेको छ ।



प्रतिक्रिया दिनुहोस !