२० माघ २०८२, मंगलबार

सन्दीपलाई थप पाँच दिन हिरासतमा राख्न अदालतकाे अनुमति

प्रकाशित मिति :  13 October, 2022 2:05 pm


काठमाडौं । बलात्कारको अभियोगमा प्रहरी हिरासतमा रहेका पूर्वकप्तान सन्दीप लामिछानेलाई थप ५ दिन थुनामा राख्न जिल्ला अदालत, काठमाडौंले अनुमति दिएको छ ।

जाहेरी परेको करिब एक महिनापछि २० असोजमा पक्राउ परेका लामिछानेलाई प्रहरीले २४ गते अदालतमा उपस्थित गराएको थियो । अदालतले सुरुमा ७ दिन थुनामा राख्न अनुमति दिएको थियो । २० गतेबाट गणना हुने गरी सात दिनका लागि थप गरेको समय सकिएपछि अदालतले अनुसन्धानका लागि पुनः थप पाँच दिन समय उपलब्ध गराएको हो।

अनुसन्धानको काम नसकिएकाले नेपाल प्रहरीले थप सात दिनको समय माग गरेपनि अदालतले बिहीबार थप पाँच दिनको म्याद थप गरी अनुसन्धान गर्न अनुमति दिएको हो ।

बयान दिने क्रम आधा सकिसकेको भन्दै सन्दीपका वकिल तीनको मात्र म्याद थप्न आग्रह गरेका थिए ।



प्रतिक्रिया दिनुहोस !