१२ श्रावण २०८१, शनिबार

काठमाण्डौंमा समस्यामा परेको भए सम्पर्क गर्न प्यूठानका समाजसेवी तथा दलका नेताहरुको आग्रह

प्रकाशित मिति :  31 March, 2020 7:24 pm


काठमाण्डौं, १८ चैत ।

प्यूठानका राजनीतिक दल तथा समाजसेवीले लकडाउनका कारण काठमाण्डौंमा समस्यामा परेका प्यूठानवासीलाई सहयोग गर्ने भएका छन् ।

कोरोनाको नियन्त्रण तथा रोकथामका लागि सरकारले चैत २५ गतेसम्म लकडाउन कायम रहने निर्णय गरेको छ । यो अवधिमा प्यूूठानबाट काठमाण्डौं आएका विभिन्न व्यक्तिहरु समस्यामा परेको भए सिधै सम्पर्क गर्दै राजनीतिक दलका नेता तथा समाजसेवीले आफ्नो फोन नम्बर उपलब्ध गराएका छन् ।

लामो समयदेखि स्वस्थ्य क्षेत्रमा क्रियाशील डा.नवराज शर्मा पण्डितले अध्ययन तथा स्वस्थ्य समस्याका कारण काठमाण्डौंमा कुनै सहायता चाहिएमा आफूलाई सम्पर्क गर्न प्यूठानका वासिन्दाहरुलाई आग्रह गरेका छन् ।

उनले कुनै पनि प्रकारका समस्या भएमा तत्कालै सहायता गर्ने जानकारी गराएका बताएका छन् । डा. पण्डित वीर हस्पिटलबाट केही बर्ष अघि अवकास प्राप्त भइसकेका छन् । त्यस्तै राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष एवं कांग्रेस नेता डा.गोविन्दराज पोख्रेले पनि कुनैपनि प्रकारका समस्या रहेमा तत्कालै जानकारी गराउन भन्दै सम्पर्क नम्बर सार्वजनिक गरेका छन्।

प्यूठान जिल्लाबाट काठमाडौं आएर अध्ययनरत तथा अन्य कामको शिलशिलामा आएका आममानिसहरुलाई कुनैपनि प्रकारको सहायता चाहिएमा सम्पर्क गर्न अनुरोध समेत गरेका हुन् ।

केही सहायता चाहिएमा सम्पर्क गर्न भन्दै सम्पर्क गर्न भनिएका नम्बरहरु निम्न अनुसार छन्ः

डा नमराज शर्मा पण्डित ९८५१०९५९४१
डा. गोविन्दराज पोखरेल ९८५११००४०७

निमा गिरी ९८४३०९४८९४

प्रविण ज्ञवाली ९८४३३०६५१४

टेक प्रसाद भण्डारी ९८४७८०५४५४



प्रतिक्रिया दिनुहोस !