१९ मंसिर २०८२, शुक्रबार

आजबाट नवौं राष्ट्रिय खेलकुद औपचारिक रुपमा सुरु हुँदै

प्रकाशित मिति :  14 October, 2022 7:54 am


काठमाडौं । नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । आज अपरान्ह ४ बजे उपराष्ट्रपति नन्दबहादुर पुनले पोखरा रंगशालामा विशेष समारोहकाबीच नवौं राष्ट्रिय खेलकुदको उद्घाटन गर्नेछन् ।

उद्घाटनमा ओलम्पियन टिका बहादुर बोगटीले ओलम्पिक फ्लेम प्रज्वलन गर्ने छन् । मार्चपास, झाँकी, गीत, नाचगान लगायतको कार्यक्रम रहेको छ ।

कुल ६ हजार १ सय ५७ खेलाडीको खेलाडीले ३६ खेलका लागि प्रतिस्पर्धा गर्नेछन् र विजयी खेलाडी र खेलाडीका टिमले ४ सय ४ स्वर्ण र सोही अनुरुपमै रजत र कास्य पदक हात पार्ने छन् ।



प्रतिक्रिया दिनुहोस !