म्यानचेस्टर युनाईटेडको जितमा म्याकटोमिनीको निर्णायक गोल
प्रकाशित मिति : 14 October, 2022 8:30 am
काठमाडौं । इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले युरोपा लिगको नकआउट चरणमा प्रवेश गर्ने सम्भावना जिवितै राखेको छ। युरोपा लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले साँघुरो जित निकालेको हो ।
समूह चरण अन्तर्गत बिहीबार राति युनाईटेडले ओमोनिया निकोसियालाई १-० गोल अन्तरले हराएको हो । युनाइटेडको जितमा स्कट म्याकटोमिनीले इन्ज्युरी समयमा निर्णायक गोल गरे ।
४ खेलबाट ९ अंक जोडेर दोस्रो स्थानमा यथावत छ। पराजित निकोसिया अंकविहीन हुँदै पुछारमा छ ।








