८ जेष्ठ २०७९, आइतबार

कोरोना नियन्त्रण तथा रोकथामका लागि पूर्वराजाले सरकारलाई २ करोड रुपैयाँ सहयोग गर्ने

प्रकाशित मिति :  31 March, 2020 8:15 pm


काठमाण्डौं, १८ चैत ।

पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारी कोषमा २ करोड रुपैयाँ सहयोग गर्ने भएका छन् ।

मंगलबार साँझ एक सन्देश जारी गर्दै पूर्वराजा शाहले बुहारी हिमानीको नाममा रहेको हिमानी ट्रष्टबाट सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने जानकारी गराएका हुन् ।

विज्ञप्तिमा पूर्वराजा शाहले कोरोना भाइरसको महामारीले सिङ्गो मानव सभ्यता र विकाशलाई नै गम्भीर चुनौती दिएको भन्दै चिन्ता व्यक्त गरेका छन् । पूर्वराजा शाहले भनेका छन्,‘देश र जनतामा यस महामारीले भय र सन्त्रास पैदा गराएको छ।

मानव अस्तित्व रक्षाका निम्ति भई रहेको पहल प्रति संवेदनशील हुँदै हामी सबैले आ-आफ्नो ठाउँ र क्षमताबाट केही न केही योगदान पुर्‍याउनु अनिवार्य भइसकेको छ ।’ उनले यो अवस्थाबाट मुक्त हुन लकडाउन नै वाध्यात्मक अनिवार्यता भएको भन्दै यसको पालनामा गैह्रजिम्मेवार हुने छुट कसैलाई पनि नभएको उल्लेख गरेका छन् ।

पूर्वराजा शाहले राहत, उद्धार र ब्यवस्थित बन्दोबस्त जुटाउन सरकारी र गैह्रसरकारी सबै पक्षबाट समन्वयकारी ढंगमा मानवीय सेवा सहयोगमा काम भैरहेको भन्दै प्रशंसा गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !