१२ श्रावण २०८१, शनिबार

अस्पतालमा आउने बिरामीलाई प्रभावकारी सेवा प्रदान गर्ने व्यवस्था मिलाउन आग्रह

प्रकाशित मिति :  1 April, 2020 12:18 pm


रुपन्देही, १९ चैत ।

रुपन्देहीमा क्रियाशील व्यावसायिक संस्थाहरुको सञ्जालले अस्पतालमा आउने बिरामीलाई प्रभावकारी स्वास्थ्य सेवा प्रदान गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेको छ ।

सञ्जालको बैठकले कोरोना भाईरसको महामारीको अवस्थामा सहजरुपमा आम नागरिकको उपचारमा निरन्तरता दिने वातावरण बनाउन आग्रह गरेको हो ।

बैठकले भारतका विभिन्न देशबाट स्वदेश फर्किएका नेपाली दाजुभाइलाई आवश्यक स्वास्थ्य परीक्षण गरी सम्बन्धित स्थानीय तहमा नै क्वारेन्टाइन वा होम क्वारेन्टाइनमा बस्ने व्यवस्था मिलाउनसमेत प्रदेश तथा स्थानीय सरकारको ध्यानकर्षण गराएको छ ।
बैठकले आवश्यक वस्तु ढुवानी सहजीकरणको लागि पश्चिमाञ्चल यातायात व्यवसायी समितिका अध्यक्ष यमप्रसाद पाण्डेलाई आवश्यक समन्वयको जिम्मेवारी प्रदान गर्ने निर्णय गरेको छ ।

त्यस्तैगरी प्रदेश सरकार तथा स्थानीय तहमा स्थापित राहत कोषमा संघसंस्थाले सक्दो आर्थिक सहयोग प्रदान गर्ने निर्णय भएको बुटवल उद्योग बाणिज्य संघका प्रमुख कार्यकारी सचिव मदनकुमार कार्कीले जानकारी दिए । बुटवल उद्योग बाणिज्य संघ रुपन्देहीका अध्यक्ष खिमबहादुर हमालले कोरोनाको सङ्क्रमणको कारण देखाएर अन्य रोगका बिरामीको उपचारमा लापरबाही गर्न नहुने बताए ।



प्रतिक्रिया दिनुहोस !