८ जेष्ठ २०७९, आइतबार

विप्लव नेकपा नेतृ सुवेदीलाई पितृ शोक

प्रकाशित मिति :  1 April, 2020 12:54 pm


काठमाण्डौं, १९ चैत ।

विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीकी नेतृ खुमा सुवेदीलाई पितृ शोक शोक परेको छ ।

नेतृ सुवेदीका बुवा भक्तिराम सुवेदीको ७६ बर्षको उमेरमा आज निधन भएको हो । उनको रोल्पाको सुनिल स्मृति गाँउपालिका वडा नं. ६ गजुलमा निधन भएको हो ।

नेतृ सुवेदी विप्लव नेकपा निकट जनक्रान्तिका महान् सहिद परिवार सङ्गठन नेपालकी अध्यक्ष हुन् । नेकपाका महासचिव विप्लवले बुधबारै विज्ञप्ति निकाल्दै नेतृत्व सुवेदीका बुवाको निधनप्रति श्रद्धाञ्जली तथा समवेदना वक्तव्य गरेका छन् ।

 



प्रतिक्रिया दिनुहोस !