२० माघ २०८२, मंगलबार

घुँडाको शल्यक्रिया गरेका पोग्बाले कतारमा हुने विश्वकप गुमाउने

प्रकाशित मिति :  1 November, 2022 12:49 pm


काठमाडाैं । फ्रेञ्च मिडफिल्डर पउल पोग्बाले कतारमा हुने विश्वकप गुमाउने भएका छन् ।

युनाइटेडबाट यसै सिजन युभेन्टस पुगेका पोग्बाले घुँडाको शल्यक्रियाका कारण खेल गुमाउने भएका छन् । पोग्बालाई रिकभरीको क्रममा नयाँ चोट लागेको थियो जसले गर्दा उनी निश्चित रूपमा कतारमा हुने प्रतियोगिता गुमाउनेछन्।

२९ वर्षे पोग्बाको शल्यक्रिया निको हुन अझै समय लाग्ने भएकाले उनले विश्वकप गुमाउन लागेका हुन् ।

पाउल पोग्बा २०१८ मा फ्रान्स विश्वकप विजेता बन्दा टोलीको एक महत्वपूर्ण मिडफिल्डर थिए ।

पोग्बाको अनुपस्थितीमा मैदान उत्रिने फ्रान्सको टोलीलाई लगातार दोस्रो पल्ट विश्वविजेताको ट्रफी उचाल्ने योजनामा धक्का लागेको छ ।



प्रतिक्रिया दिनुहोस !