१४ बैशाख २०८१, शुक्रबार

राप्ती गाउँपालिकामा बाल मुटुरोग सम्बन्धी सेवा बिस्तारमा प्रा.डा. भगवान कोइराला सकारात्मक

प्रकाशित मिति :  5 November, 2022 7:53 am



दाङ । दाङको राप्ती गाउँपालिकामा बाल मुटुरोग सम्बन्धि सेवा बिस्तारका लागि छलफल भएको छ ।

राप्ती गाउँपालिका अध्यक्ष प्रकाश विष्टले शिक्षण अस्पताल महाराजगञ्ज काठमाडौंका वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.भगवान कोइरालासँग भेटेर राप्ती गाउँपालिकामा मुटुरोग सम्बन्धि सेवा बिस्तारबारे छलफल गरेका हुन् ।

उक्त भेटमा समग्र जिल्लाको स्वास्थ्य सेवा प्रवाह प्रणालीबारे समेत छलफल भएको छ । छलफलको क्रममा गाउँपालिका अध्यक्ष विष्टले राप्ती गाउँपालिका लगायतका क्षेत्रमा मुटुरोग तथा अन्य रोगहरूको उपचारको लागि सुविधा सम्पन्न ठूला अस्पताल नभएकाले विरामीहरूलाई बाहिरी जिल्लाका अस्पतालहरुमा रिफर हुनु पर्ने बाध्यता रहेको बताए ।

उनले राप्ती गाउँपालिकामा त्यस प्रकारका अस्पतालहरूको विकास गर्न कोइराला समक्ष अनुरोध समेत गरे । भेटमा प्रा.डा.कोइरालाले विशेषगरी बच्चाहरूमा हुने जन्मजात मुटुरोग सम्बन्धि सेवालाई राजधानी बन्दै गरेको राप्ती गाउँपालिकामा सेवा विस्तार गर्न आफू सकारात्मक रहेको बताए ।

भेटमा एनएचआरसीका रिसर्च अफिसर डा.घनश्याम पाण्ेडे,स्वास्थ्य मन्त्रालयका जनस्वास्थ्य बिज्ञ (युवा बैज्ञानिक )कमल रानाभाट,मनमोहन कार्डियोथोरासिक सेन्टरका रिसर्च कोर्डिनेटर कलनाथ थपलिया लगायतको सहभागिता रहेको थियो ।

भेट पछि गाउँपालिका अध्यक्ष विष्टले प्रा.डा. भगवान कोइराला र उनको टिमलाई लुम्बिनी प्रदेशको राजधानी देउखुरी उपत्यका अवलोकनका लागि निमन्त्रणा समेत गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !