पोग्वा र कान्टेबिना मैदान उत्रिने फ्रान्सकाे यस्तो विश्वकप खेल्ने टोली
काठमाडौं । साबिक विजेता फ्रान्सले कतारमा हुने फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ ।
स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेले चोटका कारण खेल गुमाउने भएपछि प्रशिक्षक डिडिएर डेस्च्याम्पसले दुई हस्तीलाई बाहिर राख्दै मैदान उत्रिने टोली तयार पारेका हुन् ।
चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने डेस्च्याम्पसले टोलीमा समेटेका छन् । समूह डीमा रहेको फ्रान्सले पहिलो खेल अस्ट्रेलियासँग खेल्नेछ । समूह डीमा फ्रान्स, अस्ट्रेलिया, डेनमार्क र ट्युनिसिया रहेका छन् ।
यस्तो छ विश्वकपमा मैदान उत्रिने फ्रान्सको टोली:
गोलरक्षक: ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
डिफेन्डर: लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान
मिडफिल्डर: एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबिओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
स्ट्राइकर: करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु








