१२ श्रावण २०८१, शनिबार

दाङको गढवा गाँउपालिकामा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रुपैयाँको कोष

प्रकाशित मिति :  2 April, 2020 6:15 pm


दाङ, २० चैत ।

दाङको गढवा गाँउपालिकाले कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि ५० लाख रुपैयाँको विपद राहत कोष स्थापना गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाको आज बसेको बैठकले कोरोना भाइरसबाट उच्च सतर्कता अपनाउदै बिपद प्रतिकार्यका बिभिन्न गतिविधि संचालन गर्न र राहत वितरण गर्नका लागि ५० लाख रुपैयाँको विपद् राहतकोष स्थापना गर्ने निर्णय गरेको अध्यक्ष सहजराम यादवले जानकारी दिए ।

गढवा गाउँपालिकाले हालसम्म सरकारले घोषणा गरेको लकडाउन लाई पूर्ण रुपमा पालना गर्न गराउन आम नागरिकहरुमा सूचना प्रवाह गरिरहेको र कालाकाटे र कोइलाबासमा हेल्थ डेस्क स्थापना गरेर चेक गर्दै आएको अध्यक्ष यादवले जानकारी दिए ।

कोरोनाको शंका लागेका ४ जनालाई बुटवल र बेलझुुण्डी कोरोना अस्पताल पठाएकोमा सबैको नमुना परीक्षण नेगेटिभ आएकाले घर फर्किसकेको गाँउपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !