१५ बैशाख २०८१, शनिबार

कोरोनाबाट बच्न घरमै सुरक्षित रहन एनआरएन पोर्चुगलको आग्रह, अत्यावश्यक परे सम्पर्क गर्न अनुरोध

प्रकाशित मिति :  2 April, 2020 7:55 pm


पोर्चुगल, २० चैत । गैर आवासीय नेपाली संघ पोर्चुगलले कोरोना भाइरसविरुद्ध प्रचारात्मक भन्दा पनि प्रतिरोधात्मक रुपमा लड्नु बुद्धीमानी हुने भन्दै घरभित्रै बसेर अहिलेको अवस्थाबाट बच्च आग्रह गरेको छ ।

अध्यक्ष तिलक गैरेले विज्ञप्ति जारी गर्दै अहिलेको अवस्थामा घरमै सुरक्षित रहन र कुनै आपत परे एनआरएनका पदाधिकारी तथा सदस्यहरुलाई सम्पर्क गर्न आग्रह गरेका छन् । उनले भनेका छन्,‘पोर्चुगलमा पनि केही नेपाली मित्रहरु कोरोना संक्रमित भइसक्नुभएको छ भने केही क्वारेन्टाइनमा रहनुभएको अवस्था विद्यमान छ । यो रोगको औषधि वाविष्कार नभईसकेको सन्दर्भमा यसको रोकथाम भनेको घरबाट बाहिर ननिस्कनु र कसैको सम्पर्कमा नआउनु हो ।’

उनले अहिलेको जटिल अवस्थालाई बुझ्न गैरेले आग्रह गरेका छन् । उनले भनेका छन्,‘हाम्रो पोर्चुगलको हकमा एनआरएनलाई संक्रमितबारे जानकारी भएतापनि व्यक्तिगत गोपनीयत, सम्बन्धित व्यक्तिगत चाहना इत्यादीका कारण यथार्थ विवरण सार्वजनिक गर्न असमर्थ रहेको यथार्थ कसैले भुल्नु हुँदैन ।’

विज्ञप्तिको पूर्ण विवरण:

हार्दिक अपिल

आदरणीय पोर्चुगलबासी दिदिबहिनि तथा दाजुभाईहरु विश्वमा अहिले कोरोना भाइरसको संक्रमण निकै फैलिरहेको छ। प्राकृतिक विपत्तिको रुपमा रहेको यो कोरोना भाइरसको संक्रमणले सम्पूर्ण विश्व सहित डायोस्पोरा र नेपालमा बस्ने सम्पूर्ण नेपालीहरुलाई आक्रान्त पारेको छ।

भगवानको कृपाले नेपालमा संक्रमणको बृहत आकार नदेखिइ सके पनि डायोस्पोरा को नेपाली समुदाय भने कोरोनाको संक्रमण बाट आक्रान्त भै सकेको छ। पोर्चुगलमा पनि केहि नेपाली मित्रहरु कोरोना संक्रमित भै सक्नु भएको छ भने केहि क्वारेन्टाइनमा रहनु भएको अवस्था विद्यमान छ। यो रोगको औषधी आविष्कार नभई सकेको सन्दर्भमा यसको रोकथाम भनेको घरबाट बाहिर ननिस्कनु र कसैको सम्पर्कमा नआउनुनै हो।

हाम्रो पोर्चुगलको हकमा NRN लाई संक्रमित बारे जानकारी भएता पनि व्यक्तिगत गोप्यता, सम्बन्धित व्यक्तिगत चाहना इत्यादी का कारण यथार्थ विवरण सार्वजनिक गर्न असमर्थ रहेको यथार्थ कसैले भुल्नु हुदैन। अहिलेको अवस्थामा प्रचारात्मक भन्दा पनि प्रतिरोधात्मक रुपमा कोरोना सँग लड्नु नै बुद्धिमानी हुने सन्दर्भमा सबै नेपाली दिदीबहिनी तथा दाजुभाईहरु घर भित्रै बसेर यो अवस्थाको सामना गर्न र कुनै Emergency समस्या परेमा NRN पोर्चुगलका पदाधिकारी तथा सदस्यहरु सँग सम्पर्क गर्नु हुन् अनुरोध गर्दछु।

अन्तमा यो अवस्थामा संक्रमित सबैको शिघ्र स्वास्थ्यलाभको कामना एवं सावधानी र सतर्कताको निम्ति अनुरोध गर्दै राम नवमी को उपलक्ष्यमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

तिलक गैरे

अध्यक्ष

NRNA पोर्चुगल



प्रतिक्रिया दिनुहोस !