१२ श्रावण २०८१, शनिबार

रोल्पाको सुनछहरी गाँउपालिकाद्धारा आवातजावत पुरै रोक्ने निर्णय, कोषमा सहयोग गर्न आग्रह

प्रकाशित मिति :  3 April, 2020 8:20 am


काठमाडौं, २१ चैत । 

रोल्पाको सुनछहरी गाँउपालिकाले गाँउपालिकाबाट आवात जावत पूर्णरुपमा बन्द गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाको बैठकले लकडाउन भइसकेपछि गाँउपालिकाभित्र अलपत्र परेका नागरिकबाहेक अन्यलाई जथाभावी आवातजावतमा पूर्ण बन्द गर्ने निर्णय गरिएको गाँउपालिकाले जनाएको छ ।

गाँउपालिकाका प्रवक्ता अमरजीत पुनले जारी गरेको विज्ञप्तिमा भनिएको छ,‘देश लकडाउन भइसकेपछि गाँउपालिकाभित्र अलमल परेका नागरिकबाहेक अन्यलाई जथाभावी आवात जावतलाई पूर्ण रुपमा बन्द गर्ने निर्णय गरिएको छ ।’

बैठकले गाँउपालिकाभित्र कार्यरत स्वास्थ्यकर्मीहरुको प्रोत्साहनका लागि प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर पुनको संयोजकत्वमा आवश्यक परामर्श गर्ने निर्णय समेत गरेको छ । गाँउपालिकाले विपद कोष वृद्धिका लागि शिक्षक,कर्मचारी,संघ संस्था, देश विदेशमा रहेका सबैलाई आग्रह गर्ने निर्णय गरेको छ ।

गाँउपालिकाले देश लकडाउन भइसकेपछि विभिन्न ठाँउबाट घर फर्केकाहरुको आवश्यक स्वास्थ्य जाँच गरी सुरक्षित होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ ।

गाँउपालिकाको निर्णयमा भनिएको छ,‘अहिले विश्वमा महामरीको रुपमा फैलिरहेको नोभल कोरोना भाइरस (कोभिड १९) का कारण देश लकडाउन भइसकेपछि विभिन्न ठाँउबाट घर फर्केकाहरुको आवश्यक स्वास्थ्य जाँच गरी सुरक्षित होम क्वारेन्टाइनमा बस्न आग्रह गर्ने र उनीहरुको नियमित स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने निर्णय गरिएको छ ।’



प्रतिक्रिया दिनुहोस !