१२ श्रावण २०८१, शनिबार

बैदेशिक रोजगारबाटआएका व्यक्तिको घरमा रातो चिन्ह, कोरोना विरुद्ध लड्न ४० लाख रुपैयाँको कोष

प्रकाशित मिति :  3 April, 2020 11:02 am


रोल्पा, २१ चैत । रोल्पाको सुनिल स्मृति गाँउपालिकाले बैदेशिक रोजगारबाट आएका व्यक्तिको घरमा रातो चिन्ह लगाउने निर्णय गएको छ ।

गाँउपालिकाको बैठकले बैदेशिक रोजगारबाट आएका व्यक्तिको घरमा गोलाकार घेराभित्र आधा भाग रातो चिन्ह लगाउने र क्वारेन्टाइन अवधि सकिएपछि आधा भागमा हरियो चिन्ह लगाउने निर्णय गरेको हो । चिन्ह लगाउने जिम्मा वडा कार्यालयलाई दिइएको छ ।

बैठकले विपद व्यवस्थापन कोषमा रहेको रकम परिचालन गरेर कोरोना विरुद्धको गतिविधि सञ्चालन गर्ने निर्णय गर्दै ४० लाख रुपैयाँको कोष बनाउने निर्णय गरको छ । कोषमा गाँउपालिका अध्यक्ष र उपाध्यक्षले कम्तिमा ७ हजार तथा वडाअध्यक्ष तथा कार्यपालिका सदस्यहरुले कम्तिमा ५ हजार तथा वडा सदस्यहरुले २ हजारका साथै गाँउपालिकाबाट तलब भत्ता बुझिलिने शिक्षक, कर्मचारीबाट ५ दिन र सहायक स्तरका शिक्षक र कर्मचारीबाट तीन दिन बराबरको रकम उपलब्ध गराउने निर्णय गरेको छ ।

कोषमा रकम जम्मा गर्न आग्रह गर्दै खाद्यान्न लगायत अतिआवश्यक सामाग्रीहरु उपलब्ध गराउन पनि गाँउपालिकाले सबैलाई आग्रह गरेको   छ । बैठकले गाँउपालिकाबाट राहत उपलब्ध गराउने निर्णय गरेको गाँउपालिकाका प्रवक्ता नमराज थापाले निकालेको विज्ञप्तिमा उल्लेख छ ।

बैठकले यसअघि गठन भएको कोरोना रोकथाम तथा नियन्त्रण कार्यदल पुर्नगठन समेत गरेको छ । गाँउपालिकाले आफ्नो क्षेत्रभित्र २५ बेडको क्वारेन्टाइन स्थापना गरेको समेत जानकारी गराएको छ ।

 



प्रतिक्रिया दिनुहोस !