पर्सा क्षेत्र नंं ४ मा नेपाली कांग्रेस विजयी
पर्सा, ७ मङ्सिर । पर्सा निर्वाचन क्षेत्र नं ४ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार रामेश रिजाल विजयी भएका छन् ।
पर्साको पोखरियास्थित जिल्ला उचाङ्ग रामदेव दास उच्च माविमा जारी मतगणनामा नेकपा (एमाले) उम्मेदवार जालिम मियाँलाई पाँच हजार पाँच सय ३० मतान्तरले रिजाल विजयी भएका हुन्।
बैसठ्ठी हजार चार सय ९६ मत गणना गर्दा एमाले उम्मेदवार मियाँले २५ हजार छ सय १२ मत प्राप्त गरेकामा काँग्रेस उम्मेदवार रिजालले ३१ हजार एक सय ४२ मत हासिल गरी विजयी भएकाे पर्साका मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोखरेलले जानकारी दिए । उनले प्रदेशसभातर्फ ४ ९१० मा शङ्करप्रसाद चौधरी र (२) मा जसपाका उम्मेदवार सिंघासन साह कलवार निर्वाचित भएको बताए।
एमालेका उम्मेदवार जयप्रकाश थारूलाई एक हजार सात सय १६ मतान्तरले पराजित गर्दै शङ्कर चौधरी दोस्रोपटक निर्वाचित भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
एमाले उम्मेदवारले १० हजार चार सय ३८ मत प्राप्त गर्दा काँग्रेस उम्मेदवार चौधरीले १२ हजार एक सय ५४ मत प्राप्त गरी विजयी हुनुभएको मुख्य निर्वाचन अधिकृत पोखरेलले जानकारी दिए ।
उनले क्षेत्र नं ४ ९२० मा स्वतन्त्र उम्मेदवार प्रल्हाद साह कानुलाई दुई हजार सात सय ४५ मतान्तरले पराजित गर्दै सिंघासन साह कलवार दोस्रोपटक निर्वाचित भएको बताए ।
उनान्तीस हजार मतगणना गर्दा कानुले १२ हजार छ सय ४० मत प्राप्त गर्दा कलवारले १५ हजार तीन सय ८५ मत प्राप्त गरी विजयी भएको मुख्य निर्वाचन अधिकारी पोखरेलले जानकारी दिए ।








