१२ श्रावण २०८१, शनिबार

चितवनको भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीमा कोरोना संक्रमण नभएको पुष्टि

प्रकाशित मिति :  4 April, 2020 11:00 am


चितवन, २२ चैत ।

चितवनको भरतपुर अस्पतलमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको कोरोना भाइरसको आशङ्कामा स्वाब परीक्षणका लागि पठाईएको थियो ।

उनीसँगै अन्य चार जनाको नतिजा पनि नेगेटिभ आएको भरतपुर कोरोना विशेष (अस्थायी) अस्पतालले जनाएको छ । सबैको नमूना हेटौँडामा रहेको प्रयोगशाला पठाइएको थियो । बिहीबार राति सिन्धुली घर भएकी २६ वर्षीया उषाकुमारी राईलाई उपचारका लागि भरतपुर अस्पताल लागिएको थियो । राति १२ बजे अस्पताल पुराईंएकी राईको भरतपुर अस्पतालको सघन उपचारकक्षमा उपचारकै क्रममा बिहान २ बजे मृत्यु भएको थियो ।

ज्वरोका कारण मृत्यु भएकाहरुको स्वाब तानेर परीक्षणका लागि पठाउने गरिएको भरतपुर अस्पतालका अध्यक्ष डा. भोजराज अधिकारीले जानकारी दिए । तर मृतक युवतीमा कोरोनाको संक्रमण नदेखिएको अध्यक्ष अधिकारीको भनाई छ ।



प्रतिक्रिया दिनुहोस !