१२ श्रावण २०८१, शनिबार

तुलसीपुर प्याब्सनद्धारा कोरोना विपद व्यवस्थापन कोषलाई सहयोग

प्रकाशित मिति :  4 April, 2020 4:18 pm


दाङ, २२ चैत ।

दाङको तुलसीपुर उप-महानगरपालिकाले स्थापना गरेको कोरोना संक्रमण उद्दार तथा व्यवस्थापन राहत कोषमा निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन प्याब्सन तुलसीपुर नगर कमिटीले सहयोग गरेको छ ।

कमिटीले नगरप्रमुख घनश्याम पाण्डेलाई आज २ लाख २२ हजार २ सय २२ रुपैयाँको चेक हस्तान्तरण गरेको हो । चेक हस्तान्तरण गर्दै प्याब्सनका प्रदेश सदस्य द्रोण बस्नेतले गरिब र विपन्न वर्गको घरमा पुग्ने गरी राहत वितरण गर्नका लागि उप-महानगरपालिकालाई अनुरोध    गरे ।

प्याब्सनका नगर अध्यक्ष गिरीराज डाँगीले समाजका लागि आफूहरुको पनि दायित्व भएको मनन गरेर सहयोग गरेको बताए ।
उपमहानगरपालिकाले कोरोना तथा रोकथामका लागि ५० लाख रुपैयाँको कोष स्थापना गरेको छ । कोषमा तुलसीपुर प्याब्सन नगर कमिटीले उपलब्ध गराएको कमर अहिलेसम्मकै धेरै रकम हो ।

प्याब्सनले प्रदान गरेको चेक ग्रहण गर्दै मेयर घनश्याम पाण्डेले एकद्वार प्रणालीबाट राहत वितरण गरेको जानकारी दिए । पाण्डेले कुनै पनि विपन्न नागरिक खान नपाएरै भोकै वस्ने अवस्था सृजना हुन नदिने प्रतिबद्धता जनाए ।

राहत कोषको रकम प्याब्सनमा आवद्ध तुलसीपुरका विभिन्न विद्यालयबाट संकलन गरिएको गोरखा मा.वि.का प्रधानाध्यापक विजय जिएमले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !