१२ बैशाख २०८१, बुधबार

फर्स्ट माइक्रोफाइनान्सको लाभांश घोषणा, बोनस सेयर कति ?

प्रकाशित मिति :  2 December, 2022 12:01 pm


काठमाडौं । फर्स्ट माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

संस्थाको मंसिर १५ गते बसेको संचालक समितिको बैठकले आव २०७८/७९ को मुनाफाबाट सेयरधनीहरुलाई कायम चुक्तापुँजीको १९ प्रतिशत बोनस सेयर र १ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि) गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो ।

उक्त लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि कम्पनीको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि सेयरधनीमा वितरण हुनेछ ।



प्रतिक्रिया दिनुहोस !