२ माघ २०८२, शुक्रबार

विभिन्र कार्यक्रम गरेर मनाइयाे पाचौ राष्ट्रिय झण्डा दिवस

प्रकाशित मिति :  16 December, 2022 2:07 pm


काठमाडौं । संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको सम्झनामा आज पाँचौं राष्ट्रिय झण्डा दिवस मनाइएको छ ।

शुक्रवार काठमाडौंको माइतीघर मण्डलाबाट बसन्तपुरसम्म नेपालको राष्ट्रिय झण्डा बोकेर र्याली गरि पाचौं झण्डा दिवस सम्पन्न गरिएको हो

उक्त र्यालीमा बोल्दै राष्ट्रिय झण्डा दिवसका संस्थापक राजानन्द माण्डव्यले (१९६२ डिसेम्बर १६) अर्थात २०१९ साल पौष १ गतेको दिन संयुक्त राष्ट्रसंघमा नेपालको राष्ट्रिय झण्डालाई विश्वव्यापी रुपमा अंगीकृत गरेको दिनको स्मरणमा राष्ट्रिय झण्डा दिवस मनाइएको बताए ।

नेपालमा पछिल्लो समय झण्डाको दुरुपयोग भइरहेकाले पनि सचेतना फैलाउने अभियान स्वरुप यो दिवस मनाइएको र झण्डा देशको गौरव र प्रतिष्ठाको विषय भएकाले झण्डाको सम्मान गर्नुपर्नेमा समेत माण्डव्यले जोड दिएका छन् ।

माण्डव्यले राष्ट्रको स्वाभिमान झल्काउने र नेपालीको प्रतिनिधित्व गर्ने भएकाले झण्डालाई दुरुपयोग नगर्न र राष्ट्रिय झण्डाको सम्मान गर्न सबैलाई अपिल समेत गरेका छन । हरेक वर्ष पुस १ गतेका दिनलाई राष्ट्रिय झण्डा दिवस मनाइन्छ ।



प्रतिक्रिया दिनुहोस !