१२ श्रावण २०८१, शनिबार

चीनमा कोरोना सङ्क्रमण तीव्र गतिमा बढ्दै, डब्ल्यूएचओद्वारा चिन्ता व्यक्त

प्रकाशित मिति :  22 December, 2022 9:09 am


काठमाडौं । चीनमा कोरोना भाइरसको संक्रमण तीव्र गतिमा बढ्दै गइरहेपछि विश्वभरबाट चिन्ता व्यक्त हुन थालेको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले चीनको कोरोना लहरप्रति चिन्ता व्यक्त गरेको छ ।

चीनमा कोरोना संक्रमण अहिलेसम्मकै तीव्र गतिमा बढिरहेको छ। चीनका स्वास्थ्य अधिकारीका अनुसार आगामी केही महिनामा त्यहाँ करिब ८० करोड मानिस कोरोना भाइरसबाट संक्रमित हुनसक्ने बिबिसीले जनाएको छ।

ओमिक्रोनको सबभेरियन्ट बिएफ-७ का संक्रमितका कारण राजधानी बेइजिङ र अन्य सहरका अस्पतालमा भर्ना हुने बिरामीको संख्या बढेको छ।

ब्ल्यूएचओका इमरजेन्सी चिफ डाक्टर माइकल रायनले चिनियाँ अधिकारीहरुले बिरामीहरुको संख्या कम भने पनि अस्पतालका आईसीयू बेड भरिंदै जानु चिन्ताको विषय भएको बताएका छन् ।

चीनबाहेक जापान, अमेरिका, दक्षिण कोरिया, ब्राजिलमा पनि कोरोनाको संक्रमण तीव्र गतिमा बढिरहेको छ।



प्रतिक्रिया दिनुहोस !