७ बैशाख २०८१, शुक्रबार

अमेरिकामा हिमआँधीमा परी ३८ जनाको मृत्यु

प्रकाशित मिति :  26 December, 2022 9:16 am


काठमाडौं । उत्तरी अमेरिकामा हिमआँधीका कारण अहिलेसम्म अमेरिका र क्यानडाका ३८ जनाले ज्यान गुमाएका छन् । आँधीको सबैभन्दा बढी प्रभाव न्युयोर्क राज्यको बफेलो सहरमा देखिएको छ ।

अमेरिकी अधिकारीका अनुसार यो आँधीका कारण अमेरिकाका मात्रै ३४ जनाको ज्यान गएको छ। यता क्यानडाको मेरिट सहरमा हिउँले ढाकिएको सडकमा एक बस चिप्लिँदा चार जनाको ज्यान गएको छ।

समाचार एजेन्सी एपीका अनुसार आइतबार दिउँसोसम्म मात्रै दुई लाख मानिससम्म विद्युत आपूर्ति भइरहेको छैन । यसअघि यो संख्या १७ लाख थियो ।

आँधीका कारण हजारौं उडान रद्द भएका छन् । जसका कारण क्रिसमसको अवसरमा ठूलो संख्यामा मानिसहरु आफ्नो परिवारसम्म पुग्न सकेका छैनन् ।



प्रतिक्रिया दिनुहोस !