५ जेष्ठ २०८१, शनिबार

चार प्रदेशका केही स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना, हुस्सुले सडक तथा हवाइ यातायात प्रभावित हुन सक्ने

प्रकाशित मिति :  30 December, 2022 7:51 am


काठमाडौं । निरन्तर चिसो बढेसँगै शुक्रवार चार प्रदेशमा मौसम बदली रहने देखिएको छ । मौसम पूर्वानुमान विभागका अनुसार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भुभागका केही स्थानमा हल्का वर्षा तथा केही हिमाली भूभागका हल्का हिममातको सम्भावना रहेको छ ।

तराईका केही भू-भागमा हुस्सुरकुहिरो लाग्ने र दैनिक जीवन र सडक तथा हवाई यातायातमा प्रभाव पर्ने सम्भावना रहेकोले आवश्यक सावधानी तथा सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

विहानदेखि देशका पहाडी भू-भागमा  आंशिक देखि सामान्य बदली रही तराईका केही भू-भागहरुमा हुस्सु/कुहिरो लागेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ।



प्रतिक्रिया दिनुहोस !