१२ श्रावण २०८१, शनिबार

दाङको बंगलाचुली गाउँपालिकाद्धारा स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुरु

प्रकाशित मिति :  6 April, 2020 5:42 pm


दाङ, २४ चैत ।

दाङको बंगलाचुली गाउँपालिकाले स्थानीयको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुरु गरेको छ ।

गाउँपालिका अध्यक्ष ,वडा अध्यक्ष र स्वास्थ्यकर्मी सहीतको टोली गाउँपालिकावासीको टोल,वस्तीमा पुगेर उनीहरुको स्वास्थ्य अवस्थाको जानकारी लिन सुरु गरेको हो ।

बंगलाचुली गाउँपालिकामा भारतबाट आएका स्थानीयको संख्य धेरै रहेको र उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन सुरु गरेको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी  दिए ।

गाउँपालिकाले आज वडा नं.७ र ८ को विभिन्न वस्तीमा पुगेर स्थानीयको अवस्थाबारे जानकारी लिएको छ । अहिलेसम्म सबैको स्वास्थ्य अवस्था सामान्य रहेको गाउँपालिका अध्यक्ष भक्त बहादुर वलीले जानकारी दिए।

अध्यक्ष वलीले भने,‘वडा नं. ७ र ८ को विभिन्न विस्ती टोलहरुमा पुगेर त्यहाँको स्वास्थ्य अवस्थाको जानकारी लिने काम भयो । खुशीको कुरा अहिलेसम्म कही कतै कसैलाई पनि स्वास्थ्यमा समस्या नरहेको पाईयो ।’



प्रतिक्रिया दिनुहोस !