२२ बैशाख २०८१, शनिबार

नेप्से परिसूचक झिनो अंकले घट्दा साढे ३ अर्ब माथिको कारोबार

प्रकाशित मिति :  3 January, 2023 3:36 pm


काठमाडौं । सेयरबजारमा आज झिनो अंकको गिरावट आएको छ । मंगलबार नेप्स परिसूचक ३ अंकले घट्दा पनि लगभग साढे ३ अर्बको कारोबार भएको छ ।
नेप्सेमा गिरावट आउँदा पनि कारोबार रकम बढेको छ यसर्थ लगानीकर्ताले केही मुनाफा बुक गर्दा पनि करेक्सन आएको सेयरबजारका जानकारहरु बताउँछन् ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज सेयर कारोबार मापक नेप्से परिसूचक ३.०३ अंकले घटेर २०६१.०६ अंकमा झरेको छ । नेप्से ०.१५ प्रतिशतले घटेको हो । त्यस्तै सेन्सेटिभ परिसूचक पनि ०.३९ अंकले घटेर ३९४.६२ अंकमा झरेको छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ९ वटा उपसमूहको सेयर घटेको छ । बाँकी ४ वटा उपसमूहकोे सेयर बढेको छ ।

मंगलबार काराृबार रकमका आधारमा हिमालयन डिष्टीलरीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ४३ करोड १९ लाख ६४ हजार रूपैयाँ बराबरको कारोबार भएको हो ।

आजको दिन नेप्सेमा स्वेत गंगा हाइड्रोपावर, धौलागिरी लघुवित्त, खप्तड लघुवित्त र अजोड इन्स्योरेन्सका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन् । यी ४ वटै कम्पनीको सेयरमूल्य १० प्रतिशतले बढेर सकरात्मक सर्किट लागेको छ ।

आज विन नेपाल लघुुवित्त वित्त्तीय संस्था लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै गुमाएका छन् । कम्पनीको सेयरमूल्य ५.५९ प्रतिशतले घटेरको छ ।
कूल २५७ वटा कम्पनीको ८२ लाख २२ हजार ८ सय ३३ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ४५ करोड ८० लाख ८९ हजार ७ सय ८७ रूपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।

आज विन नेपाल लघुुवित्त वित्त्तीय संस्था लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेको छ । कम्पनीको सेयरमूल्य ५।५९ प्रतिशतले घटेर प्रतिकित्ता एक हजार ११ रूपैयाँमा झरेको छ ।



प्रतिक्रिया दिनुहोस !