६ बैशाख २०८१, बिहिबार

इन्डोनेसियामा ७.७ म्याग्निच्युडको भूकम्प

प्रकाशित मिति :  10 January, 2023 8:50 am


जकार्ता । इन्डोनेसियाको तानिम्बर क्षेत्रमा मङ्गलबार ७.७ म्याग्निच्युडको भूकम्प गएको युरोपेली भूमध्य भूगर्भ केन्द्र (इएमएससी)ले जनाएको छ ।

भूकम्प पृथ्वीको सतहबाट ९७ किलोमिटर (६०.२७ )माइल गहिराइमा रहेको पनि सो निकायले जनाएको छ ।

भूकम्पले पुर्‍याएको जनधनको क्षतिको विवरण सार्वजनिक हुन बाँकी छ । प्रभावित क्षेत्रमा उद्धारकर्ता खटाइएको प्राप्त विवरणहरूमा जनाइएको छ ।



प्रतिक्रिया दिनुहोस !